झिलझिले ,४ माघ । शिवसताक्षी -८ वडा कार्यालयले हात्ती प्रभावित क्षेत्रहरूका वडाबासीलाई हात्ती धपाउन १० थान साइरन बितरण गरेको छ ।विहिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त साइरन बितरण गरिएको वडाअध्यक्ष सन्तकुमार फेवदिनले बताए । सोही अवसरमा उनले चाडै १ सय वाटको हेलोजिन लाइट पनि बितरण गर्ने जानकारी दिए ।
बितरण गरिएको साइरन प्रति गोटा १४ सय ५० रुपैयामा खरिद गरिएको वडा सचिव पुष्पलाल पाण्डेले जानकारी दिए । बस्ती नजिकै रतुवा माईवृक्षारोपण आयोजनाको जंगल क्षेत्र रहेकाले त्यस वडाका बस्तीमा बर्षेनी हात्तीले उपद्रो मच्चयाउँदै आएको छ । केहिदिन यता त्यहाँ जंगली हात्ती आहाराका लागि मानब बस्ती तर्फ आउन थाले पछि स्थानीयहरु त्रसित हुदैआएका छन् ।
साइरन पाएपछि हात्ती धपाउन सहयोग पुग्ने वडा कार्यालयले जनाएको छ ।