धरमपुरमा लिम्बू-याक्थुङ् भाषा प्रशिक्षण शुरु

धरमपुर,४ माघ । शिवसताक्षी -१ स्थित धरमपुरमा आजदेखि लिम्बू -याक्थुङ भाषा सिकाईको अनौपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।किरात याक्थुङ चुम्लुङको संयोजकत्व एवम् शिवसताक्षी नगरपालिका वडा न.१ को आर्थिक सहयोगमा सञ्चालित २० दिने लिम्बू -याक्थुङ भाषा सिकाई शुरु भएको हो । प्रशिक्षण कार्यक्रमको बुधवार एक कार्यक्रमका बीच किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला अध्यक्ष सेसेहाङ फियाकले उद्घाटन गरे ।
किरात याक्थुङ चुम्लुङ वडा कार्य समितिले जनाए अनुसार भाषा सिकाई प्रशिक्षण कार्यक्रममा महिला पुरुष गरि ३० जना सहभागी छन् । धरमपुर चौकस्थित रेन्बो मन्टेश्वरी स्कूलको सभाहलमा बुधवार सम्पन्न शुभारम्भ कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा न. १ का वडा अध्यक्ष लक्ष्मी चेम्जोङ, समाजसेवी चन्द्रवीर नेम्वाङ, साविक धरमपुर गाविसका कियाचुका पूर्व अध्यक्ष दिल सेरेङ्, समाजसेवी एमके चेम्जोङ, भाषा प्रशिक्षक दिपेन्द्र सेत्लिङ् लगायतकाहरूले लिम्बूरयाक्थुङ भाषाको महत्व दर्शाउँदै प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कियाचु वडा कार्य समितिका अध्यक्ष शिव शेर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कियाचु पूर्व वडा सचिव दुर्गा चेम्जोङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.