कर्मचारीमा संक्रमण फैलिएपछि रोङ गाउँपालिकाको सेवा बन्द

लाम, ४ माघ । इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ ।
गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत नौजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.