
बिर्तामोड, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको भातृ संगठन संघीय लिम्बुवान महिला मञ्च झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा सम्पन्न मञ्चको अधिबेशनले पुनः अमृता थाम्सुहाङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको पाँच उपाध्यक्षमा कृष्णमाया तामाङ, रनमाया नाल्बो, सञ्जु इधिङ्गो लावती र बविता चेम्जोङ कोइवा ,सचिवमा सरिता बराल, सह–सचिवहरुमा पूर्णिमा पन्धाक, शर्मिला तामाङ र सुमन वेघा , अर्थसचिवमा मिनु लावती मावोलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी जिल्ला सदस्यहरुमा श्रृजना पौडेल, पूर्णिमा फेम्सङ लिम्बु, बविता लिम्बु, मञ्जु योङहाङ, दिव्यकला थेवे, चन्द्रमाया लिम्बु, सुस्मिता इङनाम, बविता लिङदेन, रेश्मा चोङबाङ, तारा राई, श्रृष्टि लिम्बु,, गंगा मेन्याङ्बो, सलिना कन्दङ्वा, रोश्नी लिम्बु, तान्छोना लिम्बु, रेखा चौधरी, कविता चौधरी, विमला चौधरी, मञ्जरा राई, सरस्वती लिम्बु, सकुन तुम्रोक, कमला लङ्वा , मञ्जु योङहाङ लगायत चुनिएका छन् ।
पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बुङ्को प्रमुख आतिथ्यता रहेको अधिबेशन उद्घाटनमा पार्टीकी लिम्बुवान प्रान्तीय उपाध्यक्ष विष्णु भट्टराई, प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, लिम्बुवान प्रान्तीय सचिवहरु दिलु लिङ्देन, धनबहादुर पन्धाक र मोहन मावो लगायतको उपस्थिति रहेको थियो ।