केर्खा,५ माघ । जिल्लाको कमल गाउँपालिकास्थित कमलनगर जेसीजको वर्ष २०२५ को अध्यक्षमा भिम अधिकारी चुनिएका छन् ।आज सम्पन्न जेसीजको १० औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले अध्यक्षमा अधिकारीसहित कार्यकारिणीद्धय उपाध्यक्षमा मनिशा कठायत , रोशन अधिकारी , चार उपाध्यक्षमा डिजा घिमिरे ,अर्चना कार्की, कमल कटुवाल , मिलन पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरि,तालिम निर्देशकमा भुमिका चापागाईं र जनसम्पर्क अधिकारीमा भिम कुमारी बस्नेत (रन्जना) चयन भएका छन् ।