पूर्व मुख्यमन्त्री थापामाथि कुटपिट,दुई नियन्त्रणमा

झापा,५ माघ । पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि आज साँझ कुटपिट भएको छ ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा आज साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि कुटपिट भएको हो । कुटपीटबाट थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । बिर्तासिटी अस्पतालमा उपचारपछि उनी घर फर्किएका छन् ।
बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार नेपाल विद्युत प्राधिकरण सुरुङामा सवार कर्मचारीको एक समूहले कुटपिट गरेको बताइएको छ ।
थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा त्यहाँ विवाद भएको बताइएको छ । प्रहरीले कुटपिटमा संलग्न झापा, शिवसताक्षी -११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कन्काई -३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।कुटपिटमा संलग्न ती दुवैलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.