दमक ,४ माघ । ज्ञाननाथ पौडेल (ज्ञानु ) दमक आसपासको भुगोलमा व्यवसायिक वृत्तमा परिचित नाम हो । ६ बर्ष अघि सानै उमेरमा दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मतसहित कार्यसमिति सदस्यमा निर्वाचित भएपछि एकाएक चर्चामा आएका पौडेलले त्यसयता आफूलाई व्यवसायसंगै समाजसेवाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील बनाइ राखे ।
२०७६ को संघको निर्वाचनमा तृतीय उपाध्यक्ष पदमा चुनाव लडेर धेरैको मन जिते पनि मत जित्न नसक्दा वाणिज्य संघको नेतृत्वमा फडको मार्ने पौडेलको प्रयासमा ब्रेक लाग्यो । यसपटक त्यो ब्रेक तोडन आम व्यवसायीहरुले आफूलाई साहस र उर्जा दिएका कारण पुनः चुनावी मैदानमा होमिएको उनको भनाई छ ।संघको चुनाव जित्दा होस वा हार्दा उनले आफनो लक्ष्यलाई पछयाइनै रहे । त्यो बेला चुनावी परिणाम अंकले पछि परेपनि व्यवसायीहरुसंगको अन्तर्घुलन र भाइचारा सम्बन्धमा उनी सधैं अग्रपक्तिंमानै रहे । त्यसैले उनी अहिले संघको द्धितीय उपाध्यक्षको लागि प्रतिस्पर्धामा छन ।
आर्थिक अनुशासन र पारदर्शीता सफल नेतृत्वका लागि अनिवार्य शर्त भएको ठान्ने पौडेलले समाजमा उस्तै राम्रो छाप छोडन पनि सफल छन् ।सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय नेटवर्क भएको लायन्स क्लबमा आवद्ध हुँदै लायन्स क्लब लखनपुरको प्रेसिडेन्टका रुपमा रही आफनो सामाजिक जिवनलाई सार्थक तुल्याउन लागिपरेका पौडेलले लायन्स क्लबमा अहिले एक दर्जन बढी क्लबहरुको नेतृत्वदायी भुमिका निर्वाह गरिआएका छन ।
दमक -६ स्थित देवकोटा चोकमा दमक किचन गुडस (होम ग्लोरीको आधिकारिक विक्रेता ) रहेका पौडेलमा कुनै पनि बिषयमा स्पष्ट बोल्ने र आफनो निर्णयमा अडिग रहने स्वभाव छ । सबैसंग समान व्यवहार र आदर सम्मान गर्ने गुण भएका पौडेलको पारिवारिक पृष्ठभूपमि पनि व्यापारनै हो ।
परिवारमा विशेष गरेर दाजुभाईको साथ सहयोग र इष्टमित्रहरुको हौसलाले उनलाई व्यवसायसंगै संघको नेतृत्व र सामाजिक गतिबिधिमा क्रियाशील बनाउन मद्धत गरिरहेको छ । दाजु नारायणप्रसाद र भाइ रोशनको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा निस्कन फूर्सद पाउँछन् ।
‘म व्यवसायीहरुका सबै अवस्था र परिस्थितीका बिषयमा धेर थोर जानकार छु । व्यवसायीहरुले वित्तिय क्षेत्रमा भोग्दै गरेको समस्या समाधानका लागि परिचित र अनुभवी, सक्षम अनुहारको खाँचो छ ’– गोपाल गुरागाइँ नेतृत्वको प्यानलमा रहेर संघको निर्वाचनमा होमिएका पौडेल भन्छन– ‘हाम्रो टिममा त्यस खालको विशेषता पाउन सक्नु हुन्छ, सबै हिसाबले दमकका व्यवसायीहरुले विश्वास र भरोसा गर्न योग्य टिममा रहेर काम गर्ने मेरो उद्धेश्य हो ।’ चुनावी मैदानमै रहेका ज्ञाननाथले भने -‘वाणिज्य संघ व्यवसायीहरुको सेवामुलक साझा संस्था भएका कारण यहाँ बिना आग्रह, पूर्वाग्रह सबै व्यवसायीको भावनाको सम्बोधन गर्ने वातावरण बनाउन मेरो भुमिका हुनेछ’