दोमुखा ,५ माघ । नेपाल प्रेस युनियन झापाले शनिवार जिल्लाको शिवसताक्षी नगरपालिका १० स्थित पर्यटकीयस्थल दोमुखामा आफनो बार्षिक साधारण सभासहित वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
साधारण सभा युनियन झापाका सभापति गिरीराज भट्टराईको अध्यक्षता तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो । युनियन झापा सदस्य देबेन्द्र प्रसाईले गरेको कार्यक्रमको सञ्चालन रहेको सो कार्यक्रममा प्रमुख अतिथि थापासहित कांग्रेस झापाका सभापति देउकुमार थेवे, कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई,कांग्रेस उपसभापति केशवराज पाण्डे, सचिव नबिन बिमली, प्रेस युनियननका केन्द्रीय महासचिव दिलिप पौडेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र झापा जिल्लामा बिभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मानसमेत गरिएको थियो । साथै प्रेस युनियनमा प्रवेश गर्ने चार जनालाई स्वागत गरिएको थियो ।
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्पौपाने, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष शम्भूजित दाहाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङगालुङ,पत्रकार महासंघका पूर्व अध्यक्षहरु, पत्रकार महासंघका सदस्यहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाका सचिव अर्जुन राजवंशीले गरेका थिए ।