डुडाँमारीमा जिम हाउस सञ्चालनमा

शिवसताक्षी ,४ माघ। झापाको शिवसताक्षीस्थित डुडामारीमा सुबिधा सम्पन्न जिम हाउस सञ्चालनमा आएको छ ।स्थानीय युवा ब्यबसायी सुमन चेम्जाङ्गले सीएस फिट्नेस क्लब नामक जिम हलको मंगलबारबाट सञ्चालनमा ल्याएका हुन् ।
औपचारिक रुपमा केहि दिन पछि उद्घाटन गरिने भएपनि जिम पारखीहरुका लागि मंगलबारबाटनै खुल्ला गरिएको हो ।करिव ३५लाख रुपैयाको लागतमाअत्याधुनिक उपकरण सहितको फिट्नेस क्लब सञ्चालनमा आएपछि यस क्षेत्रका युवा, प्रौढहरु हर्सित भएका छ्न् । शिवसताक्षी नगरमा नै ठुलो क्षमता र अत्याधुनिकउपकरण रहेको दाबी गरिएको यस जिम हलमा हाल एक हप्ताको लागि फ्री एड्मिसन खुल्ला गरिएको बताइएको छ । मासिक कोर्षमा एक हजार ५ सय रहेको छ भने ३महिना कोर्षमा ४हजार ,६महिना कोर्षमा ७हजार र १बर्षको कोर्षमा मात्र १२हजारको भारी छुट रहेको सञ्चालक चेम्जोङले बताए ।
उनका अनुसार आफुले दमकसम्म धाएर जिम गरेको स्मरण गर्दै यस नगरका युवा तथा जिम पारखीहरुलाई मध्यनजर गर्दै आफ्नै क्षेत्रमा जिम हल सञ्चालनमा ल्याएको हो । यसले यहाँको नागरिकहरुको आर्थिक भार कम हुनुको साथै समयको पनि बचत हुने बतए । बिहान ४.३०बाट सुरु हुने फिट्नेस क्लब राति १०बजे सम्म खुल्ला रहने समेत उनले जानकारी दिए ।
हरेक मानिसलाइ स्वस्थ्य रहन शारीरिक ब्यायमको अति नै आवश्यक रहे पनि ब्यस्त जीवन शैलीको कारणले र अल्छि पनाले गर्दा युवा अवस्थामा नै रोग लाग्ने क्रम बृद्धिहुदै गएकाले पनि यसलाई न्यूनीकरण गर्न सबैले शारीरिक ब्यायम गर्न उनले आग्रह गरे ।
खुल्ला रुपमा ब्यायम गर्दा यो चिसो मौसममा चिसोको कारणले बिभिन्न समस्या हुने भएकाले यस किसिमको जिम हल उपयुक्त रहेको डुडामारी समाजसेबी क्लबका अध्यक्ष सन्तकुमार आङ्ग्देम्बेले बताए । उनका अनुसार यो डुडामारीबासीको लागि खुशीको बिषय रहेकाले सबै युवाहरू यस जीम हलमा जोडिएर कालन्तरसम्म टिकाइ राख्नु पर्ने बताए ।निकट भविष्यमा जुम्बा बार स्मेत सञ्चालन गरिने योजना रहेको र यस जिम हलमा महिला ,पुरुष दुबैका लागि खुल्ला गरिएको छ ।

Leave a Reply

Your email address will not be published.