साहित्य कला सङ्गमको ४६ ओै रचना वाचन सम्पन्न

दमक, ४ माघ । साहित्य कला सङ्गम दमकले नियमित रुपले गर्दै आएको सिर्जनशिल रचना वाचनको ४६ ओै श्रृङखला सम्पन्न गरेको छ । शुक्रवार सम्पन्न उक्त रचना वाचन कार्यक्रममा दुई दर्जन भन्दा बडी स्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु वाचन गरेका थिए ।रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपाने,बरिष्ट उपाध्यक्ष बिन्दु दहाल मुकदर्शक,उपाध्यक्षहरु यादवप्रसाद अधिकारी र दुर्गा खनाल काफ्ले ,कोषाध्यक्ष ओमप्रसाद खनाल, सदस्यहरु बिरेन्द्र खडका , मेघनाथ बन्धु ,अम्विकाप्रसाद सापकोटा,साहित्यकारहरु रामकुमार उपाध्याय,गोपाल दहाल, पदमप्रसाद ओली,मदन शिवाकोटी ,पदमप्रसाद ओली , तिर्थराज राई -किराँती राजा,अर्जुन निरौला,दिवस खतिवडा रहेका थिए ।
साहित्यकार मोहिनी मन को प्रमुख आतिथ्यतामा र दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेमनाथ अधिकारीको बिशिष्ठ आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन सहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
साहित्य कला सङ्गम दमकले हरेक महिनाको पहिलो शुक्रवार नियमित रुपले सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.