
गौरादह ,३ माघ । गौरादह जेसीज वर्ष २०२२ को अध्यक्षमा विनिता अधिकारी (कटुवाल ) चुनिएकी छिन् । गौरादह जेसीजको ९ औं साधारण सभाले अधिकारीलाई सर्वसम्मत रुपमा सन् २०२२ अध्यक्षमा चुनेको हो ।
अधिकारी गौरादह जेसीजमा प्रथम महिला अध्यक्ष बन्न सफल भएकी छन् । नेतृत्वका लागि उनीसंगै प्रकाश भट्टराई र योगेश आचार्य आकांक्षी रहेका थिए ।
साधारण सभाले जनसम्पर्क अधिकारीमा बिक्रम तिवारी, कार्यकारिणी उपाध्यक्षमा जेसी दुर्लभ कार्की र दिपेश पोख्रेल तथा अन्य ४ उपाध्यक्षमा क्रमशः एकता पोख्रेल, सुमन खत्री, निशान अधिकारी र साजन चुडाल रहेको बताईएको छ । महासचिब, कोषाध्यक्ष लगायतका पद भने विधान वमोजिम अध्यक्षले मनोनित गर्ने जनाइएको छ । नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रम भने जनवरीको अन्त्य सम्ममा तय हुने बर्ष २०२१ का अध्यक्ष एकराज घिमीरेले बताए ।