अति विपन्न क्षयरोगीलाई पोषण खाद्यान्न सामग्री वितरण

पथरीशनिश्चरे, ४ माघ ।मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक अवस्था अति नै कमजोर भएका क्षयरोगीहरुलाई पोषण खाद्यान्न सामग्री वितरण गरेको छ।
गत कार्तिक १ गतेदेखि २९ गतेसम्म स्वास्थ्य केन्द्र र चौकीहरूबाट रोग पत्ता लागी हाल क्षयरोग निवारणका लागि नियमित औषधि सेवन गरिरहेका रोगीहरूलाई पोषण खाद्यान्न सामग्री सहयोग गरिएको हो।
बिएनएमटी युके र सावित्री बस्न्यात फण्ड फर टिबीको आर्थिक सहयोगमा बि। एन।एम।टी। नेपालद्वारा सञ्चालित पोषण परियोजना अन्तर्गत ९ जना क्षयरोगीहरूलाई पोषण खाद्यान्न सहयोग वितरण गरिएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा क्षयरोग संयोजक डा. मुकेश पौडेलले जानकारी दिए।
उनले नगरभित्रका विभिन्न वडामा बसोबास गर्नुहुने क्षयरोग बिमारीहरूलाई पोषण खाद्यान्न अन्तर्गत चामल, नुन, अण्डा, सब्जी लगायतका पोषणयुक्त खाद्यान्न सामग्रीहरू प्रदान गरिएको जनाए।
पछिल्लो तथ्याङ्क अनुसार नगरभित्र एक वर्षको अवधिमा १ सय बढी क्षयरोगीको संख्या रहेको छ भने अहिले १३ जना नियमित औषधि सेवन गर्ने अति विपन्न वर्गका रोगीहरू छन्।

Leave a Reply

Your email address will not be published.