पथरी नगर अस्पतालमा दन्त उपचार सेवा विस्तार

पथरीशनिश्चरे ,४ माघ । मोरङको पथरी शनिश्चरे–२ मा रहेको पथरी नगर अस्पतालमा दन्त सेवा विस्तार गरिएको छ ।शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रमका बीच दन्त उपचार सेवा कक्षको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरे ।
२०७८ मंसीर १ गतेदेखि सञ्चालनमा आएको सोअस्पतालमा आकस्मिकसहितका सेवा उपलव्ध छ भने प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टरका बिशेषज्ञ चिकित्सकहरुवाट हाडजोर्नी बिशेषज्ञ सेवा, फिजिसियन सेवा, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनेरल सर्जरी, छाला तथा यौन रोग, मानसिक तथा नशारोग विशेषज्ञ, नाक तथा कान, घाँटी रोग बिशेषज्ञ लगायत ७ वटा बिशेषज्ञ सेवा , फिजियोथेरापी सेवा तथा बिराटनगर आँखा अस्पतालको सहकार्यमा आँखाको उपचार सेवा सञ्चालनमा रहेको नगर स्वास्थ्य शाखाका प्रमुख मुरारीप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देविमाया काफ्ले, संविधानसभाका सभासद् द्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर , नगरप्रवक्ता तथा वडा नं ०८ का वडा अध्यक्ष नवीनजंग कार्की, वडाध्यक्षहरू क्रमशः भीमकुमार राई, विजय लिम्बू, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, उद्धवराज बस्नेत , जीवन खतिवडा ,पूर्व मेयर दिलिप कुमार राई, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी , सामुदायिक विद्यालय व्यवस्थापन महासंघ पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहाल ,जग्गादाताहरू लगायतका विभिन्न संघसंस्था तथा पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.