धरानमा सिटी सफारी दुर्घटना हुदाँ युवतीको मृत्यु

धरान ,२ माघ । सिटी सफारी दुर्घटनामा परेर धरानमा आज दिउसो एक जना युवतीको मृत्यु भएको छ । धरान- ३ पुरानो बजारमा सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा धरान -१५ बस्ने १९ वर्षीया ठिना लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न प्रदेश १-०२-००३ ह २६५५ नम्बरको सिटी सफारी चालक धरान- ११ बस्ने ज्ञान बहादुर थापालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.