अमलडांगीमा माघ ५ गते ब्याडमिण्टन प्रतियोगिता

दमक, ३ माघ । झापाको कमल गाउँपालिकामा यहि माघ ५ गते एक दिवसीय कमल गाउँपालिका स्तरिय दोसो ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।कमल –४ अमलडांगीस्थित कभर्डहलमा हुने ब्याडमिण्टन प्रतियोगितामा १५ टिमको सहभागिता रहने खेल संयोजक तेजु आङ्देम्बेले जानकारी दिए ।उनका अनुसार प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको छ ।
कमल गाउँपालिका खेलकुद बिकास समितिले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत यसपटक पनि ब्याडमिण्टन खेल आयोजना गरिएको सदस्य मनोज गुरुङले बताए ।
प्रतियोगितामा बिजेतालाई नगद २० हजार ५ ,उपबिजेताले १५ हजार ५ नगदसहित प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितामा तेस्रो हुने दुई वटा टिमले समेत नगद ४ हजारसहित मेडल ,ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।
गाउँघरमा रहेका ब्याडमिन्टन खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले गतबर्षदेखि ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.