जेष्ठ बुबाआमालाई सम्मानसहित लौरी बितरण

दमक,१ माघ । दमक- ८ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले वडाका ३५ जना ज्येष्ठलाई हिड्डुलमा सजिलो पुरयाँउन सहयोगीका रुपमा लौरो वितरण गरेको छ । प्रतिष्ठानले सुर्य दर्शन शाकोसको सहयोगमा वडाका ८० बर्ष माथिका जेष्ठ बुवा आमाहरुलाई सम्मान गर्नुका साथै स्टिलको लौरो बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष ओम प्रसाद खनालले बताए ।
शुक्रवार प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रम गरि ती सहयोगी सामाग्री वितरण गरिएको हो । सहयोगी सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सीताराम खतिवडा, उपाध्यक्ष डोयना दहाल ,सदस्यहरु शुशिला गौतम,शुरेश पौडेल,बेदप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानले कार्यक्रममा उपस्थित हुन नसक्ने अशक्त ज्येष्ठहलाई घरघरमा गएर ती सहयोगी सामाग्री वितरण गरिएको अध्यक्ष खनालले बताए ।

Leave a Reply

Your email address will not be published.