–विष्णु न्यौपाने
रातको तीन बजेको थियो । सुतिरहेका निशेष घिमिरे एक्कासी ब्युँझे । उनलाई केही उकुसमुकुस भएजस्तो लागिरहेको थियो । उठेर मोबाइलमा पपजी खेल्न थाले । तर धुवाँको पिरो गन्ध आएर नाकैमा ठोक्कियो । ढोका खोलेर बाहिर निस्के । बाहिर त धुवाँको मुस्लोले घेरिसकेको रहेछ । उनी आत्तिएर कराए।। ‘बाबा, बाबा, झट्टै बाहिर निस्कनु त , कहाँ आगलागी भयो ? धुवाँको मुस्लो आइरहेको छ ।’
यति भनेपछि घरका सबैजना निस्केर बाहिर हेरे । आफ्नो घरको उत्तरपट्टि टाँसिएर रहेको राज श्रेष्ठ दाइको टिनको छाप्रोमा रहेको जुत्ताचप्पल पसलमा आगो दनदन दन्किरहेको देखे । घरको तेस्रो तलामा रहेका उनीहरु अताल्लिएर भुइँमा ओर्लिए । निशेषकी आमा निशा घिमिरे रुँदै चिच्याउँदै सडकमा तल र माथि दौडिन थालिन् ।
‘ए गुहार गुहार , आगोले सकिसको। दमकल बोलाइदेउ न। ए भुन्टीकी आमा, ए भुन्टीका भाइ उठ न ए उठ। सको आगोले सको। दमकल बोलाओ न हो दमकल बोलाओ । हुँ हुँ । ए कोही छौ ?, ए पुलिसलाई फोन गर पुलिसलाई ।खै मेरो मोवाइल ? निशेष ,पुलिसलाई फोन गर्न छिटो पुलिसलाई। मेरो मोबाइल खै ?’ निशेषले हे¥यो । आमाको मोबाइल आमाकै हातमा थियो । ‘ ‘तपाईँकै हातमा छ ममी । नआत्तिनु न म फोन गर्दैछु ।’
एकातिर आगोका लप्का माथिमाथि तन्किँदै आफ्नो घरै सिध्याउन खोज्दैछ अर्कातिर कठाङ्ग्रिँदो जाडोमा सुतिरहेकै ड्रेसकी आफ्नी श्रीमती पागलजस्ती बनेर रुँदै चिच्याउँदै सडकमा तल र माथि दौडिररहेकी छ । हात नाङ्गा छन्, खट्टा नाङ्गा छन् । रात अँध्यारो छ । सारा मान्छे निद्रामा छन् । कुकुरहरु एकोहोरो भुकिरहेका छन् । गुहार माग्दा गुहार दिने कोही छैन । यस्तो देखेर बाबा डिल्ली घिमिरेलाई के गर्ने के नगर्ने होसै आएन । मोबाइल छाम्दा त्यो पनि घरमाथि नै छुटेछ । आतेसमा ह्वाइह्वाइ गर्दा आवाजै भासियो, बाहिर केही निस्केन । सडकमा पल्टेर टाउकोमात्रै समाते ।
बाटो थुनेर पार्क बनाउने बुद्धि आफ्नै शरीरमा आफैँले आगो लगाउनु जत्तिकै घातक रहेछ भन्ने कुरा आजको घटनाले सावित गरेको छ तर सरोकारवालाले बुझे कि बुझेनन् होला ? यस्तो आपराधिक कार्य आइन्दा दुनियाँले नगरोस् भन्ने सन्देश दिएको छ तर फरक स्वार्थधारीहरूले के सिके होलान् ?
खैर केही छैन, यी विषयहरू उठाउनु नै छ भोलिदेखि उठाउँदै जाउँला तर जे नहुनु थियो त्यै भइसकेपछि अब पीडित साथीहरुलाई सबैले आ–आफ्नो ठाउँबाट जेजति सकिन्छ सहयोग गरौँ । फेरि पनि यसै ठाउँमा खुट्टा टेकेर हातेमालो गर्दै हिड्नसक्ने वातावरण सिर्जना गरौँ
…………………………………………………………………………………………………………………………………………………
यो मुख्य व्यापारिक क्षेत्र हो दमकको । व्यापारी इलाका भएको हुनाले अधिकांश घरधनीहरु यी घरमा बस्तैनन् । व्यापारीहरुलाई घर भाडामा दिएर हिँडेका छन् उनीहरु अन्यत्रै कतै । व्यवसायीहरु व्यापार बन्द गरेपछि टाढा बस्तीका आ–आफ्ना घरमा पुगेर निदाएका छन् । अनियन्त्रित हुँदै गएको आगो निभाउने कि, मान्छे बोलाउने कि, बौलाइजस्ती आफ्नी श्रीमती सम्हाल्ने त अब ? एकोहोरिएका डिल्लीले आफैँलाई सम्हाल्न सकेनन् के सम्हाल्छन् र अरु ?
६ घर तल पूर्वजाने बाटोमा चियापसल गर्ने भुन्टीकी आमा र भुण्टीको भाइ पनि दौडिएर आए । नजिकैको जोलिबी खाजाघरमा काम गर्ने सानासाना कामदार भाइहरु पनि आए । अब भुन्टीकी आमा पनि चिच्याउन लागिन् । दमकल। दमकल। भुन्टीको भाइ नगरपालिकातिर दौडिएछ बिनासवारी साधन ।
‘दमकल’ ‘दमकल’ भनेको आवाजले बोधराज तिम्सिनाकी श्रीमती पूर्णिमालाई पनि झस्काएछ र ए के भयो हँ भन्दै उठिन् । बाहिर हेर्दा त डरलाग्दो आगलागि भइरहेको देखिन् । उनले आत्तिएर मलाई फोन गरिन् । म पनि निद्रामै थिएँ ।
फोनको घण्टीले झसङ्ग बनायो । उठेर टेबलमा रहेको मोबाइल हेरेँ । बोधराज बुबाको कल आइरहेको थियो । मैले सोचेँ ‘ लु हौ।बा त फेरि सारै हुनुभएछ कि क्या हो ?
तुरन्तै फोन उठाएँ । सानीआमा चिच्याएको आवाज आयो ‘घिमिरे मार्केटमा आगो लागो छिटो दमकल बोलाइदिनु न।’ घरै सकिन आँटिसको ,सात्तो गयो सुन्ने वित्तिकै । हामी सयौँ व्यापारीको पसल छ घिमिरे मार्केटमा । घिमिरे मार्केट नै सकिन लागे त आफू पनि सकिने भइयो नि अब ।हतारमा दमकलको नम्बर खोज्छु भेट्तिन । मुखमा कन्ठ छैन, सेभ गरेको नाम आत्तिएर विर्सिइ त गइयो के फेला पर्छ र ?
श्रीमती रेणुकाले ‘गोपाल काकालाई फोन गर्नु न उहाँसँग छ होला’ भनिन् ।तुरुन्तै डाइल गरेँ । गोपाल गुरागाईँले ३ रिङ जाँदै उठाउनु भयो ।‘घिमिरे मार्केटमा आगलागी भयो रे, नगरपालिकामा फोन गर्नु त काका ।’‘कसकोमा ?’ ‘मेरो पसलमा ?’
‘कसकोमा भन्ने थाहा छैन, घिमिरेका घरमा भन्ने खबर छ । नम्बर छ होइन र?’‘छ, छ । गरिहालेँ ।’ फोन गर्दै उहाँ हावाको गतिमा बाइक हाँकेर मार्केटतिर दौडिनु भयो ।
गोपालजीपछि मैले श्याम कार्की, नगरप्रमुख रामकुमार थापा, निवर्तमान नगरप्रमुख रोमनाथ ओलीलाई सूचना दिन र दमक विद्युत प्राधिकरणलाई लाइन काट्न फोन गरेँ र मार्केटतिर दौडिएँ ।
हल्लखल्लले योगेस गुरागाईँ पनि निस्कनु भयो । अब घिमिरे मार्केटमा पसल हुने पशुपति अधिकारी, देवेन्द्र बराललाई फोनबाटै सूचना दिँदै मार्केट पुग्यौँ ।
हामी त्यहाँ पुग्दानपुग्दै दमकल आइपुग्यो । हाम्रो फोन पुग्नुभन्दा पनि २ मिनेट अगावै भुन्टीको भाइ नगरपालिका पुगेर गेटमा ढ्यामढ्याम हानेर सूचना दिएछ । बिचराका हात सुन्निएका देख्ता मलाई खुबै माया पनि लाग्यो । यस्तो सराहनीय कार्यका लागि भुन्टीको भाइलाई मेरो सलाम छ । । तर गजराज श्रेष्ठ ‘राजदाइ’ को पसल लगभग सकिन लागेको रहेछ । त्यो पसलसँग जोडिएको रेडिमेड कपडा पसललाई पनि भेटिसकेको रहेछ । नाथे एक दमकल पानी त्यत्रो अजङ्गको आगोका लागि हात्तीका मुखमा जिरो भयो । सल्याकसुलुक निलेर दारा देखाउँदै चढ्न थाल्यो माथिमाथि । फेरि दौडियो दमकल नगरपालिकातिरै ।
त्यता नजिकै पानी भर्ने करुवाका टुटी उठाएर राखेको भए पो तुरुन्तै भर्न मिल्थ्यो त पानी । पहिले खानेपानीको पाइप गाड्दा राखौँ न प्रभु राखौँ न भनेर हात जोड्दा पनि शासकहरुका कानमा बुजा खाँदिएका थिए, सुनेनन् । लिखित निवेदन दिँदा आँखै बन्द भएका थिए, पढेनन् । अहिले रुन्चे मुख लाएर के हुनु थियो र ?
गोपालजी, म र भेला भएका साथीहरु धमाधम फोन गर्न थाल्यौँ कमल गाउँपालिका, उर्लाबारी, गौरादह, राजघाट, कानेपोखरीका दमकलहरुलाई । एता आगो झन् झन् कसिँदै लप्किन थाल्यो माथिमाथितिर । एक तलामाथि रहेको सञ्जीव शर्माको कस्मेटिक्स र खेलौनाको ठुलो गोदामलाई समातीहाल्यो लप्काले । छेउछाउ जाइसक्नै भएन । बजार नै थर्काउने गरी ड्वाङ् ड्वाङ् आवाज निकालेर पड्कँदै थिए पसलभित्रका इन्भर्टर र त्यसका व्याट्रीहरु । तेल, स्याम्फू र अनेकन सामग्री भरेका सिसाका बोतलहरु । रेडिमेड कपडा पसल, ढाकाटोपी पसल, जुत्ताचप्पल र कस्मेटिक्स पसल खरानी र धुवामा परिणत हुँदै गए ।
यति गरिसक्ता पनि २ मिनेटको बाटो छिचोलेर थानाबाट प्रहरीको टोली आइपुग्न सकेन घटनास्थलमा । सशस्त्र क्याप्पको टोली पनि आइपुगेन । मेयर आए, डेपुटी मेयर आइन्, पत्रकार, जनप्रतिनिधि सबै आए तर प्रहरीको दस्ता आएन । एकछिन पछि एउटा भरुवा बन्दुक पछाडि ढाडमा झुन्ड्याएको एउटा र हातमा लौरो बोकेको अर्को जवान देखा परे । त्यै पनि पर बसेर रमिते बने, छेउछाउ गएनन् । मलाई चाहिँ दुई चड्कन लाइदिएर थानातिरै पठाइदिउँ कि जस्तो लागिरहेको थियो तर म पनि त्यति सारो वीर त कहाँ थिएँ र रु भित्रभित्रै मुर्मुरिए पनि बाहिर चुइँक्क बोलिन ।
………………………………………………………………………………………………………….
मेयर आए, डेपुटी मेयर आइन्, पत्रकार, जनप्रतिनिधि सबै आए तर प्रहरीको दस्ता आएन । एकछिन पछि एउटा भरुवा बन्दुक पछाडि ढाडमा झुन्ड्याएको एउटा र हातमा लौरो बोकेको अर्को जवान देखा परे । त्यै पनि पर बसेर रमिते बने, छेउछाउ गएनन् । मलाई चाहिँ दुई चड्कन लाइदिएर थानातिरै पठाइदिउँ कि जस्तो लागिरहेको थियो तर म पनि त्यति सारो वीर त कहाँ थिएँ र रु भित्रभित्रै मुर्मुरिए पनि बाहिर चुइँक्क बोलिन ।
यसपछि भनेँ एकाएक सर्वसाधारणको धुइरो छुट्न थाल्यो । छेउका पसलहरु खोलेर सकेसम्म छिटो पसल खाली गर्न थाले व्यापारी साथीहरु । हामीले पनि सकेसम्म सघायौँ । कसैले सामान रुग्यौँ बाटोमा थुपारिएका । ुमान्छे त सबै उस्तै हुन् तानित व्यहोरा एउटै हुँदैन । नमुना बजारको सडकमा दुई फर्लाङ हुत्याएर तल्लो किनाराबाट माथिल्लो किनारामा रेडिमेड कपडा र जुत्ताचप्पलको विशाल थुप्रो लगाइयो । त्यो बेलासम्ममा पाँचवटा दमकल जम्मा भए तर सटर फुटाउन नसक्ता सञ्जीव शर्माको गोदाम सबै खरानी भयो । बल्लतल्ल ह्यामर र छिनुको मद्धतले पानीका फोहोराका साथमा पछिल्लो भागको एउटा सटर तोडेर पानीका फोहोरा भित्र हान्दा बिहानको पाँच बजे मात्र आगो केही मथ्थर भयो तर आठबजेतिर मात्रै पूर्ण नियन्त्रणमा आयो ।
…………………………………………………………………………………………….
यसपछि भनेँ एकाएक सर्वसाधारणको धुइरो छुट्न थाल्यो । छेउका पसलहरु खोलेर सकेसम्म छिटो पसल खाली गर्न थाले व्यापारी साथीहरु । हामीले पनि सकेसम्म सघायौँ । कसैले सामान रुग्यौँ बाटोमा थुपारिएका । ुमान्छे त सबै उस्तै हुन् तानित व्यहोरा एउटै हुँदैन । नमुना बजारको सडकमा दुई फर्लाङ हुत्याएर तल्लो किनाराबाट माथिल्लो किनारामा रेडिमेड कपडा र जुत्ताचप्पलको विशाल थुप्रो लगाइयो । त्यो बेलासम्ममा पाँचवटा दमकल जम्मा भए तर सटर फुटाउन नसक्ता सञ्जीव शर्माको गोदाम सबै खरानी भयो । बल्लतल्ल ह्यामर र छिनुको मद्धतले पानीका फोहोराका साथमा पछिल्लो भागको एउटा सटर तोडेर पानीका फोहोरा भित्र हान्दा बिहानको पाँच बजे मात्र आगो केही मथ्थर भयो तर आठबजेतिर मात्रै पूर्ण नियन्त्रणमा आयो ।
जम्मा पाँचवटा पसल र एउटा गोदाम गरी ६ वटा पसल खरानीमा परिणत भए भने वरिपरिका अन्य ७ वटा पसलमा धुवाँ र तापको असर प¥यो । आगलागी हुनाको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न नसके पनि अव्यवस्थित तार वा खराब वाइरिङले नै यस्तो भएको हुनसक्ने अनुमान गरियो । करोडौँको धनमाल क्षति भयो । कतिपय व्यवसायी साथीहरुको पारिवारिक अवस्था हेर्दा हातमुख जोर्ने उपाय नै अब बन्दभएको देखिन्छ ।
अर्को दुःखद पक्ष के रह्यो भने बजारको बिचभागमा पार्क बनाएर यातायात आवागमनमा अबरोध सिर्जना गरिएको छ नमुना बजारमा । बुज्रुकहरुले हिजो व्यापारिक केद्रको माझको बाटो अवरोध गरेर पार्क बनाए । ककसका स्वार्थ के के थिए, ती पूरा भए कि अझै बाँकी छन् त्यो थाहा छैन तर आज यो आगलागी नियन्त्रणका लागि यही बाटो मुख्य बाधक बनेर उभिएको कुरा त सबैले बुझे नै होलान् । अझ पनि यो पार्कलाई यहाँबाट उखेलेर अन्यत्र स्थानान्तरण नगरे यसैले यो बाँकी बजारलाई कप्ल्याक्क मुखमा हाली सुलुक्क निल्ने निश्चित छ ।
बाटो थुनेर पार्क बनाउने बुद्धि आफ्नै शरीरमा आफैँले आगो लगाउनु जत्तिकै घातक रहेछ भन्ने कुरा आजको घटनाले सावित गरेको छ तर सरोकारवालाले बुझे कि बुझेनन् होला ? यस्तो आपराधिक कार्य आइन्दा दुनियाँले नगरोस् भन्ने सन्देश दिएको छ तर फरक स्वार्थधारीहरूले के सिके होलान् ?
खैर केही छैन, यी विषयहरू उठाउनु नै छ भोलिदेखि उठाउँदै जाउँला तर जे नहुनु थियो त्यै भइसकेपछि अब पीडित साथीहरुलाई सबैले आ–आफ्नो ठाउँबाट जेजति सकिन्छ सहयोग गरौँ । फेरि पनि यसै ठाउँमा खुट्टा टेकेर हातेमालो गर्दै हिड्नसक्ने वातावरण सिर्जना गरौँ र योजनाबद्ध ढंगले खड्किएका सबै कामहरू पूरा गर्दै जाउँ भन्ने आव्हानका साथ मनको सम्झिनसक्नुको पीडा यहीँ पोखेर बिट मार्छु । सबैमा साधुवाद् । (आगलागीको दृश्यानुभूतिपछि )