दमक,३० पुस । झापाको कमल गाउँपालिका -७ विष्णुकट्ठामा जारी दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगितामा आयोजक टिम फाइनलमा पुगेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजकले केचना फूटवल क्लव पथरीलाई ट्राइवेकरमा हराउदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
कमल -७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलमा निर्धारित समय भित्र दुवै टिमले १ –१ गोल गरि बराबरी खेलेपछि खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा ४–५ गोलको अन्तरले आयोजक विजयी बन्यो । सो खेलको म्यान अफ दि म्याचबाट आयोजककी गोलकिपर शुसिला चौधरी पुरस्कृत भईन् ।
सेमिफाइनलको दोश्रो खेल विहिबार बेलवारी फूटवल क्लव र टाँडी स्पोर्टिङ क्लववीच खेल हुने छ ।सृजनशील युवा क्लवले आयोजना गरेको सो प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका सचिव विक्रम निरौलाले बताए ।
२६ पुसदेखि ३ माघसम्म चल्ने उक्त प्रतियोगितामा आयोजकसहित ८ वटा टिमले भाग लिएका छन् ।