कमल,२९ पुस । झापाको कमल गाउँपालिकामा लिम्बू समुदायले मनाउदैआएको कक्फेवा तङनाम (माघी संक्रान्ति ) तीनदिन सम्म भव्य रुपले मनाउने तयारी गरिएको छ ।किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिका शाखाले नववर्ष अर्थात यलेतङवे ५०८४ तथा कक्फेवा तङनामको उपलक्ष्यमा कमल ५ स्थित मुन्धुमयकमा माघ १ गते देखि ३ गते सम्म भव्यरुपले मनाउने निर्णय गरिएको अध्यक्ष दिवस लिम्बूले बताए । तीन दिनसम्म भव्य रुपले मनाईने यस कार्यक्रमको तयारी पूरा भएको उनको भनाई छ । चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा हुने कक्फेवा तङनामलाई थप मनोरञ्जनात्मक तथा संगीतमय बनाउन दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सो कार्यक्रममा लिम्बूसहित स्थानीय आदिवासी,जनजातिहरुको खानाका परिकार, कला संस्कृतिमूलक वेषभूषाको व्यवसायिक स्टलहरु समेत रहने जनाईएको छ ।