माओवादी दमकको नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत

निर्वाचित कमिटीलाई सपथग्रहण गराउदै निर्वाचन कमिटी

दमक,३० पुस । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । पार्टीको हालै सम्पन्न नगर सम्मेलनले कुलबहादुर बस्नेत (रवि ) को अध्यक्षतामा ६८ सदस्यीय नगर कमिटी गठन गरेको छ । सर्वसम्मत निर्वाचित कमिटीको तीन उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगीता सेरेङ ,सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ चयन भएका छन्।
अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन कमिटीले शुक्रवार विशेष कार्यक्रमका वीच नवनिर्वाचित कमिटीको औपचारिक घोषणा गरी सपथ गराएको हो ।
दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा पार्टी प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन ), प्रदेश कमिटी सदस्यहरु कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
नवनिर्वाचित कमिटीको पूर्ण बैठकले अरु ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.