वेनिसा भन्छिन– ‘ हजुरहरुले भोट मात्रै गरिदिए पुग्छ’

दमक,,३० पुस । झापा, दमककी वेनिसा पौडेल नेपाल आइडल सिजन ४ को उपाधिका लागि प्रतिस्पर्धामा छिन । उत्कृष्ट १२ मा परेकी उनका लागि बिहिबार राती ८.३० बजेदेखि भोटिङ शुरु भएको छ ।

दमक ५ का पुण्य प्रसाद पौडेल र आमा मेनुका पौडेलकी सुपुत्री वेनिसाको गीत संगीतमा सानैदेखिको रुची र सांगीतिक क्षेत्रमा नै भविष्य खोज्ने लक्ष्यले अहिले सम्म नेपाल आइडल सिजन -४ को उत्कृष्ट १२ सम्म पुरयाँएको हो ।
दमकको चुलाचुली अंग्रेजी माविबाट प्रारम्भिक शिक्षा हासिल गर्दै एसइइ पास गरेकी वेनिसाले दमककै हिमालय माविमा कक्षा ११ को पढाई सकेर कक्षा १२ संगै संगीत कक्षालाई अघि बढाउन काठमाडौं गएकी हुन् ।

उनले आरआर कलेजमा कक्षा १२ को अध्ययन गरिरहेकी छिन् । दमकमा छँदा बिहानी कला केन्द्र र उर्लाबारीको एक संगीत बिद्यालयबाट संगीत सम्बन्धिको अध्ययनको शुरुवात गरेकी वेनिसाको पारिवारिक पृष्ठभुमि मध्यम खालको हो । उपाधि चुम्ने दृढ आत्मविश्वास राखेर अघि बढेकी वेनिसा भन्छिन् – ‘ मेरो इच्छा संगीत सिक्नेनै थियो मेरो इच्छा पूरा गरिदिन आमाले साइकलमा पछाडी राखेर दमकबाट उर्लाबारीसम्म लैजानु हुन्थ्यो । पैसा नहुँदा आमाले आफूले लगाएको सुनको गहना बेचेर पनि मेरो संगीत यात्रालाई अघि बढाउन प्रोत्साहन गर्नु भएको छ । हजुरहरुले मलाई भोट मात्रै गरिदिनु भए पुग्छ ।’
वेनिसाकी आमा मेनुका पनि छोरीको सांगितिक यात्रामा ब्रेक नलाग्नेमा ढुक्क छिन् । निजी क्षेत्रमा सामान्य जागिरे जिवन बिताइरहेको पौडेल परिवारले छोरी बेनिसाको कला र प्रतिभाको सम्मान हुने विश्वास लिएको छ । आमा मेनुका भन्छिन– ‘ सानैदेखि उ गीत गुनगुनाई रहन्थिन । कुनै कुरामा सफलता पाउन निरन्तरताको जरुरी हुन्छ । उनले निरन्तर गीत संगीत क्षेत्रमा ध्यान लगाएकी छिन । सफलता पाउँछिन भन्नेमा विश्वस्त छु ।’
वेनिसाको स्वरमा पहिलो रेकर्डेड गीत आँखैमा लाउने गाजल सकियो ‘‘बोलको गीत निक्कै लोकप्रिय बनेको थियो । योसहित उनको स्वरमा अहिले सम्म ४० बढी गीतहरु रेकर्ड भइसकेका छन् । मधुर स्वर, शालिन स्वभाव र अनुशासित व्यवहार वेनिसालाई नेपाल आइडल सिजन ४ को उपाधी जिताउने बलियो आधार हुन् ।

उनलाई एसएमएस भोटिङका लागि मोवाइलमा ०२ टाइप गरेर ३७००० मा सेन्ड गर्न सकिनेछ भने पौडेललाई भोट गर्न CellPay App Download/Update गरेर र विजयी भव:भनी जितका लागि CellPay मार्फत आशिर्वाद दिन सकिन्छ । साथै नेपाल बाहिरबाट भोट गर्न Shristi App Download गरी भोट गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published.