झापा , ३० पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम माई पुल नजिक भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर बीएएबी ६१२६ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय कमल पराजुली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राति करिब साढे ८ बजे विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कारले मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि पराजुलीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, अस्पताल पु¥याएको करिब ५० मिनेटपछि, राति ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ठक्कर दिने सवारी साधन घटनास्थलबाट फरार भएकाले त्यस सवारीको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।