दमक,२८ पुस । दमक- ९ स्थित निम्स नेशनल अस्पतालले शनिवार बनभोजसहित अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरेको छ । इलामको चुलाचुली -५ स्थित पर्यटकीयस्थल चपेटीमा बनभोजसहित स्वास्थ्य क्षेत्रको विषयमा अन्तरकृया सम्पन्न गरेको अस्पतालका सचिव रोशन विष्टले जानकारी दिए ।
अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा आयोजक निम्सका सञ्चालक,कर्मचारी तथा दमकका विभिन्न अस्पताल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
अस्पतालका सञ्चालक सदस्य रवि केसीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा हालै सम्पन्न फूटसल प्रतियोगितामा विजयी वनेको निम्स नेशनल अस्पतालका खेलाडी समेत रहेका कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा निम्सका सर्जन डा. रबिन्द्ररत्न रन्जितकार, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्मा, लाईफलाइन अस्पतालका पूर्व अध्यक्ष बालचन्द्र सुब्बा, गोदावारी अस्पतालका अध्यक्ष डा. ,ओममेची अस्पतालका सञ्चालक ढुण्डिराज भण्डारी लगायतले बोलेका थिए ।सो अवसरमा चिकित्सक,स्वास्थ्यकर्मी तथा सहभागिहरुले नाचेर मनोरञ्जन गर्नुका साथै हण्डीफोर लगायतका खेलहरु समेत सञ्चालन गरिएको थियो ।
अस्पतालले केहि वर्षदेखि नियमित स्वास्थ्य सेवाका बाहेक कर्मचारी तथा सरोकारवालाहरुसंग आपसी समन्वय गर्ने अभिप्रायले बर्षेनी पारिवारिक बनभोज गरिआएको सञ्चालक विक्रम अधिकारीले बताए ।