श्रीमतीको हत्या गरी फरार लिम्बू पक्राउ

फिदिम ,२८ पुस । श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मिक्लाजुङ- ३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेर फरार रहेका तुम्वेवा -४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका -३ आरुबोटेकी स्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्यासँगै छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमाया फियाकलाई घाइते बनाएर बेपत्ता भएका थिए ।
घाइतेको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार हुँदै छ । कुरुम्वाङ दम्पती वीच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ । विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published.