दउवा संघको अध्यक्षमा गोपाल र विमलको उम्मेदवारी(मनोनयन नामावलीसहित )

दमक,२९ पुस । दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी आज उम्मेद्वारी मनोनयन सम्पन्न भएको छ । जसअनुसार अध्यक्षमा देवीप्रसाद गुरागाईं (गोपाल) र बिमल खतिवडाको उम्मेद्वारी परेको छ भने सम्पूर्ण पदहरुमा प्यानल सहित मनोनयन भएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा राजु खड्का र राजेन्द्र दंगाल, प्रथम उपाध्यक्षमा राजकुमार योङ्या र भरत कुमार चम्लागाई, द्वितिय उपाध्यक्षमा ज्ञाननाथ पौडेल, विन्दु सिटौला र रमेश लुईंटेल ,तृतिय उपाध्यक्षमा रुबल अधिकारी र असिम राई र महिला उपाध्यक्षमा सुष्मा निरौला केसी र लोकमायाँ ढुंगानाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक लिला गुरागाईंले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमध्ये खुल्ला तर्फ १५ जना, बस्तुगत तर्फ ८ जना र महिला सदस्यमा ३ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै संघको लेखा समिति संयोजकमा नेत्रप्रसाद चम्लागाईं र मुकुन्द आचार्य साथै सदस्यहरुमा पदम बहादुर राउत र सदानन्द घिमिरेको उम्मेद्वारी परेको संयोजक गुरागाईंले बताए ।
आगामी ६ गते हुने मतदानका लागी आज उम्मेद्वारी मनोनयन भएको र भोलि बिहान १० बजे देखि उम्मेद्वार माथि दाबी बिरोधको कार्यक्रम राखिएको उनले बताए । त्यसैगरी माघ १ गते देखी २ गते दिउँसो २ बजेसम्म उम्मेद्वारी फिर्ता र सोहिदिन अपरान्ह ३ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका संयोजक गुरागाईंले जानकारी दिए । त्यसैगरी संघको नयाँ नेतृत्व चयनका लागी आगामी माघ ६ गते मतदान कार्यक्रम राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.