पथरी शनिश्चरे, २७ पुस । पथरी जेसीज वर्ष -२०२४ का नवनिर्वाचित समितिको पद हस्तान्तरणसहित पुरस्कार तथा सम्मान समारोह सम्पन्न गरेको छ।पथरीशनिश्चरे ०२ को सिन भिलेजमा आज पथरी जेसीजको १२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको हो।
समारोहमा वर्ष ०२३ का निवर्तमान अध्यक्ष सुवर्ण खत्रीले वर्ष ०२४ का लागि नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्मालाई गोपनीयताको शपथ सहित अध्यक्ष पदको चेन हस्तान्तरण गरे ।नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पथरीशनिश्चरे ४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने , १० वडा अध्यक्ष जीवन खतिवडा , समाजसेवी तुलाराम अधिकारी र व्यवसायी राजेन्द्र बस्नेतलाई कदर पत्र सहित दोसल्ला ओढाएर मानार्थ सदस्यको सम्मान गरिएको थियो। त्यस्तै, जेसीज गतिविधिहरुमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भूमि प्रसाद पाठकलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो। यस्तै,पथरी जेसीजकी प्रथम लेडी दुर्गा तिम्सिना,नगेन्द्र घिमिरे, अम्मर नेपाली समेत पुरस्कृत भएका थिए।
आजै निर्वाचन आयुक्तकी सचिव अनु राईले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिन् भने सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष विश्वकर्माले नवनिर्वाचित कार्य समितिलाई पूर्णता पनि दिएका थिए।
कार्यक्रममा संविधानसभाका सभासद लालबहादुर सुस्लिल मगर , पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिप कुमार राई, यूवा व्यवसायी प्रदीप राई लगायतको उपस्थिति रहेको थियो।