दमक,२७ पुस । झापाको कमल गाउँपालिका वडा न. २ मा रहेको कमलनगर अस्पतालमा कार्यरत ल्याव टेक्निसियन गीता न्यौपानेले अस्पतालमा दुई थान नेवुलाइजर मेसिन उपलव्ध गराएकी छन् ।
उनले आफनो जन्मदिनको अवसर पारेर अस्पताललाई २ थान नेबुलाईजर मेसिन उपलब्ध गराएकी हुन् ।
सहयोग सामाग्री हस्तान्तरण गर्दे उनले जन्मोत्सवलाई सेवामुखी बनाउन आफूले यस किसिमको सानो सहयोग गरेकी बताईन् । सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रममा अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।यसैवीच पालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालकी कार्यरत कर्मचारी न्यौपानेले अस्पतालको वृद्धिविकासमा यस किसिमको सहयोगले टेवा पुग्ने भन्दै धन्यवाद दिएका छन् ।