मन्त्री लिम्बूलाई पत्नी वियोग

उर्लाबारी, २७ पुस । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ ।मन्त्री लिम्बूकी धर्मपत्नी गङ्गामाया लिम्बूको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारीस्थित आफ्नै घरमा निधन भएको हो । लिम्बूको पार्थिव शरीर लिम्बू परम्परा अनुसार आज शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए। लिम्बूका १ छोरा र १ छोरी छन् ।
मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो । मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत हुन् ।

Leave a Reply

Your email address will not be published.