
दमक,२७ पुस । दमक- १ सगरमाथा टोल नजिकैका टोलवासीहरु संगठीत भएका छन् । टोलवासीको भेलाले प्रेमकुमार आङ्गदेम्बेको अध्यक्षतामा सिर्जनसील टोल विकास समिति गठन गरिएको हो ।
गठित समितिको सचिवमा डिल्लीराज खड्का,कोषाध्यक्षमा जयन्ता राई,सहकोषाध्यक्षमा रोश्ना लिम्बू,सहसचिवमा बसन्ती लिम्बू चुनिएकी छन् । यस्तै सदस्यहरुमा अस्मिता आङ्गदेम्बे,दशरथ आङवो, गंगा राई लगायत चुनिएका छन् । यस्तै पदमशंकर आङदेम्बे प्रमुख सल्लाहकार रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको थियो । उक्त टोल बिकास संस्थाले नगरपालिकामार्फत दर्ता प्रमाणपत्र समेत पाएको अध्यक्ष आङ्गदेम्बेले बताएका छन् ।