सार्वजनिक स्थलमा कोरोना खोपकार्ड अनिवार्य

झापा ,२७ पुस । कोरोना संक्रमण बढ्दै जाँदा संघीय मन्त्रालयहरूले गरेका प्रतिबन्धात्मक अवस्थालाई मध्यनजर गर्दै झापामा पनि मंगलबार बसेको डिसिएमसी बैठकले प्रतिबन्धात्मक अवस्था लागू गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने सबै कार्यक्रमहरूमा रोक लगाएको छ।

कुनै कार्यक्रम गर्नु परेका प्रशासनको अनुमति लिएर मात्र गर्न बैठकले निर्देशन दिएको छ। सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक बैठकले लगाएको छ।

सार्वजनिक कार्यालयमा सेवा लिन जाँदा, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा तथा पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था मंगलबारको बैठकले गरेको छ। यो व्यवस्था माघ ७ गतेदेखि लागू हुने बैठकले निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published.