काँग्रेसको विषेश महाधिवेशनमा ६२ प्रतिशत सहभागी

झापा,२७ पुस । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापाा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको दोश्रो विशेष महाधिवेशनमा सहभागी हुने संख्या ६२ प्रतिशत पुगेको छ ।

कांग्रेसक ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये आइतबार भृकुटीमण्डपमा सुरु भएको विषेश महाधिवेशनमा ६२ प्रतिशतले नाम दर्ता गराएका हुन् । अहिलेसम्म २ हजार ९ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ ।

असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका थिए । संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको जानकारी दिँदै उनीहरुले गर्ने निर्णय नै अन्तिम हुने बताए । महाधिवेशन हलले गर्ने निर्णय स्वीकार गर्ने बताउँदै उनले नेतृत्व परिवर्तन गर्ने संकेत गरेका छन् ।भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published.