पालिकाहरुमा न्यायीक निरुपणको सहजताका लागि अन्तरक्रियात्मक प्रशिक्षण

दमक,२६ पुस । झापा, मोरङ र इलामका पालिकाहरुमा क्रियाशील न्यायिक समितिका प्रतिनिधिहरुबीच आज दमकमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।दमक नगरपालिकाले आयोजना गरेको सो कार्यक्रम दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा शुभकामना दिदैं नगर प्रमुख थापाले न्यायिक समितिले अनुभवका आधारमा गरेको न्यायीक निरुपणले आम नागरिकहरुमा स्थानीय सरकारप्रति सकारात्मक सन्देश प्रवाह गर्न मद्धत पुग्ने उल्लेख गरे ।
पालिकाको न्यायिक समितिमा परेका उजुरीहरुमाथि पारदर्शी र सहज ढंगबाट सुनुवाई गरी न्यायिक निरुपणमा भइरहेका असल अभ्यासका अनुभवहरुको आदनप्रदान र न्यायीक निरुपणमा सहजता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको दमक नगर उपप्रमुख तथा झापा जिल्ला उपप्रमुख÷उपाध्यक्ष सञ्जालकी संयोजक रेगिना भट्टराई प्रसाइँले बताईन् ।उपप्रमुख भट्टराईले न्यायिक समिति तथा कानुनी शाखाबाट भए गरेका कार्यहरुको अनुभव आदनप्रदानका माध्यमबाट एकअर्कामा सहयोग पुग्ने विश्वास लिइएको बताइन् ।
उपप्रमुख,उपाध्यक्ष सञ्जाल झापासँगको समन्वयमा आयोजित सो कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधिश अशोककुमार बस्नेतले प्रचलित कानुनले स्थानीय तहमा रहेको न्यायिक समिति तथा मातहतका मेलमिलाप केन्द्रलाई प्रदान गरेका न्याय निरुपण अधिकारका बिषयमा जानकारीमुलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा झापासँग जोडिएका छिमेकी जिल्ला मोरङ र इलामका पालिकाहरुबाट समेत न्यायिक समितिका संयोजक तथा सदस्यहरु उजुरी प्रशासक तथा कानुन अधिकृतहरु समेत करिब एक सय जनाको सहभागिता रहेको जनाइएको छ । सहभागीहरुले कार्य अनुभव आदनप्रदान गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिकाको न्यायिक समितिले गर्दै आएका कार्यहरु र न्यायिक निरुपणका लागि अवलम्बन गरिरहेका अभ्यासहरुका बारेमा कानुन शाखाका अधिकृत नविन खतिवडाले प्रस्तुति राखेका न्यायिक समितिका सदस्य कमलकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.