दमकमा पृथ्वी जयन्ती ,मैत्रीपूर्ण फुटबलमा कर्मचारी टिम विजयी

दमक,२७ पुस । ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारी टिम विजयी भएको छ ।
दमक ३ स्थित निर्माणाधिन मदन भण्डारी रंगशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा नगरपालिकाका कर्मचारीको टिमले जनप्रतिनिधिहरुको टिमलाई ८–१ को भारी गोल अन्तरले जितेको हो ।
कर्मचारीको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले सर्वाधिक ४ गोल गर्दै म्यान अफ द म्याच समेत घोषित भए । मैत्रीपूर्ण प्रतियोगितामा कर्मचारीको टिमको नेतृत्व राईले गरेका थिए भने जनप्रतिनिधिहरुको टिमबाट खडग राईले नेतृत्व गरेका थिए । प्रतियोगितामा विजेता टिमलाई नगर प्रमुख रामकुमार थापाले पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.