मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

मोरङ ,२७ पुस । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनेभएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
मुख्यमन्त्रीको रुपमा नेकपा एमालेलाई ५ वर्ष नै छाडेको भन्दै असन्तुष्ट रहेको नेकपा माओवादी केन्द्र सरकारमा सामेल नभएको बेला कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र )का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाएको थियो ।

Leave a Reply

Your email address will not be published.