सुकुमबासी तथा अब्यबस्थित बसोबासी संघ झापाको अध्यक्षमा खड्का

झापा , २६ पुस । नेपाल सुकुमबासी तथा अब्यबस्थित बसोबासी संघ झापाको जिल्ला अध्यक्षमा शिवसताक्षी ६ निवासी सन्तकुमार खड्का मनोनित भएका छन् ।नेपाली कांग्रेस शिवसताक्षीका पूर्व नगर सभापति खड्कालाई संघको झापा जिल्ला अध्यक्षमा मनोनित गरिएको संघका केन्द्रीय अध्यक्ष राजकुमार पाण्डेद्धारा गत पुस २१ गते प्रेसित पत्रमा उल्लेख छ । कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा मानिने यस संघको गतिविधिमा टेवा पुरयाँउन शुभकामनाका साथ उनलाई जिल्ला अध्यक्षमा मनोनित गरिएको हो ।
अध्यक्षमा मनोनित भएका खड्काले समितिलाई पूर्णता दिदै जिल्ला भरी संगठन विस्तार गर्ने तथा सुकुम्बासीका हक, अधिकारकालागि न्यायोचित तवरले काम गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.