दमक,२५ पुस । मोटरसाईकलको ठक्करबाट दमकमा एक जना वृद्धको ज्यान गएको छ ।इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक- ६ स्थित लाइफलाइन अस्पताल अगाडी बेलडाँगी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्र१–०१–०१६प ६८६ नम्बरको मोटरसाइकलको ठक्करबाट दमक ६ का ८१ बर्षिय कमलकुमार राईको मृत्यु भएको हो ।
आइतबार राती करिब साढे १० बजे भएको सो दुर्घटनाका घाईते राईको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बृद्ध पैदलयात्री भएको बताईएको छ । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक १ का १८ बर्षिय आयुष राईलाई नियन्त्रणमा लिएको छ ।