यातायात मजदुरले शुरु गरे दमकमा कपडा बैंक

दमक,२४ पुस । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिले दमकमा आजदेखि निशुल्क कपडा बैंक सञ्चालनमा ल्याएको छ ।दमक- ८ स्थित ट्याक्सी स्टेण्डको एक काउण्टरमा कार्यालय स्थापना गरि कपडा बैंक सञ्चलनमा ल्याईएको हो ।
‘हुनेले दिऔ, नहुनेले लिऔं ’उद्घोका साथ जाडो अवधिभर कपडा बैंक सञ्चालन हुने कपडा बैंक संयोजन गरिआएका जीवनचक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतमले बताए । कपडा बैंक शुभारम्भका क्रममा उनले विपन्न समुदायलाई जाडो छल्न यातायात मजदुरहरुको अगुवाईमा कपडा बैंकको शुरुवात गरिएको बताए ।
उनले आफूले प्रयोग गरेका नयाँ तथा पूराना कपडाहरु सफा गरेर नहुनेका लागि यस कपडा बैंकमा लत्ताकपडाहरु उपलव्ध गराई दिन अनुरोध गरे ।
जाडोयामका समयमा गतवर्ष पनि क्लव हिमालयन टाइगर लगायतका संस्थाले पनि निकै तामझामका साथ यस किसिमको कार्य गरेका थिए । तर, व्यवस्थापन फितलो हुदाँ त्यस कार्य जाडोभरि पनि सञ्चालन हुन सकेको थिएन् ।

Leave a Reply

Your email address will not be published.