चन्द्रदर्शन शाकोसको साधारणसभा, सम्मान तथा पुरस्कार प्रदान

दमक,२४ पुस । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज १२ औ बार्षिक साधारणसभामा सम्पन्न गरेको छ ।
पाडाजुंगीको रोडस्टार पार्टी प्यालेसमा एक कार्यक्रम गरि संस्थाले बार्षिक तथा लेखा प्रतिवेदन पारित गर्नुका साथै उत्कृष्ठ कारोवार, बालबचतहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष शान्ताकुमार राईले बार्षिक प्रतिवेदन र लेखा संयोजक प्रेमप्रसाद दुलालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको संस्थाका सचिव सञ्जय कुमालले बताए ।
सो अवसरमा संस्थाले सर्वोउत्कृष्ठ बालशैक्षिक बचततर्फ श्रोति खड्का, गुडिया साह र अविगेल भण्डारी, उत्कृष्ठ बाल शैक्षिक बचततर्फ ५५ जनालाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।त्यसैगरि, संस्थामा उत्कृष्ठ कारोवार गर्ने ७५ जना शेयर सदस्यहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, सहकारीले बर्सेनी वितरण गरिआएको शेयर सदस्यका परिवारबाट एसइइ परीक्षामा उत्कृष्ठ हुने मिकल राई, कुशल कर्मचारी सम्मानबाट रुपा श्रेष्ठ र सहकारी जागरण पत्रकारिता पुरस्कारबाट बिष्णु पौडेललाई नगद तथा सम्मानपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा सहकारी बैक दमक शाखाकी प्रमुख मुना केसी, चन्द्रदर्शन शाकोसका पूर्व अध्यक्ष बालकृष्ण गौतम, वडास्तरिय सहकारी समन्वय समितिका अध्यक्ष गोविन्द खनाल लगायतले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राखेको सो साधारणसभामा सुर्यदर्शन शाकोसका अध्यक्ष टीकाराज सापकोटा, यूनाईटेड शाकोसका अध्यक्ष ललित वान्तवा, हाम्रो सुरक्षा शाकोसका अध्यक्ष गोविन्द तिवारी, बस्ती विकास शाकोसका अध्यक्ष भुपेन्द्र लावती ,संस्थाका पदाधिकारी,सञ्चालक , शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
३ करोड ३२ लाख ५४ हजार ४ सय शेयर पूंजी रहेको संस्थाले गतवर्षसम्म ३० करोड ७८ लाख ५३ हजार ४सय २९ रुपैयाको कुल कारोवार गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गौरादहसहित केर्खामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published.