धरमपुर,२४ पुस । झापाको शिवसताक्षी -१ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले आज धरमपुरका तीन वटा सामुदायिक विद्यालयका ९३ जना विद्यार्थीलाई स्वीटर प्रदान गरेको छ ।
संस्थाका व्यवस्थापक बिनोद ढकालका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिवसताक्षी -१ को लक्ष्मी नारायण माध्यमिक विद्यालय ,शिवसताक्षी -२ को मोति माबि र शिवसताक्षी -३ मा रहेको भानु माध्यमिक विद्यालयका विपन्न बिद्यार्थीहरुलाई स्वीटर बितरण गरेको छ । संस्थाले छुट्टाछुट्टै कार्यक्रम गरि ती सामाग्रीहरु वितरण गरेका थिए ।
स्वीटर हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष कुमार शंकर, ब्यवस्थापक बिनोद ढकाल, उपाध्यक्ष चन्द्र खड्का, कोषाध्यक्ष जयकुमारी चेम्जोङ्ग, सदस्यहरू साबित्रा ढकाल, याम कुमार गुरुङ्ग, काजिमान बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।