
दमक,२३ पुस । इलिंक नेटवर्क प्रालिले ग्राहकहरुका सुविधाका लागि सस्तो दरमा इन्टरनेटको सेवा उपलव्ध गराएको छ । इन्टरनेटमा सवैको पहुँच पुरयाँउन जोड दिदै उक्त कम्पन्नीले दमकसहित यस आसपासका क्षेत्रमा गुणस्तरसंगै सस्तो दरमा इन्टरनेट सेवा उपलव्ध गराउदै आएको कम्पन्नीका प्रतिनिधि अजय यादवले बताएका छन् ।
उनका अनुसार दमकमा आफनो सेवा शुभारम्भ तथा इस्वी सम्बत २०२२ को अवसर पारेर उक्त नेटवर्कले ‘पैसा कम स्पीडमा दम ’भन्ने उदघोषका साथ आर्कषक छुटमा इन्टरनेट सेवा उपलव्ध गराउदै आएको छ । कम्पन्नीले अफरका रुपमा ३० एमवीपीएस क्षमताको जडान वापत बार्षिक रु ७ हजार ५ सय रुपैयामा नै सेवा पुरयाँउदै आएको छ । यो अन्य इन्टरनेट कम्पन्नीको भन्दा सुविधा र जडान खर्चमा धेरै सहुलियत भएको उनले दावी गरेका छन् । इन्टरनेट जडानका लागि प्राविधिकसहित राउटर लगायतका उपकरण निशुल्क उपलव्ध हुने समेत जनाईएको छ । त्यस्तै, कम्पन्नीले इन्टरनेटसंगै घर तथा कार्यालयमा टिभी जडानका लागि समेत सेवा उपलव्ध भईरहेको जनाईएको छ ।