जनजाति महासंघ दमकका पूर्व अध्यक्षहरु सम्मानित

दमक,२२ पुस । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय समिति र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ दमक नगर समितिको चौथो अधिवेशनका अवसरमा आठ जना पूर्व अध्यक्षहरुलाई सामूहिक रुपमा सम्मान गरिएको छ ।
आइतवार महासंघ दमकका अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ दमक नगर समितिका संस्थापक अध्यक्ष धिरेन सुब्बा लावती,पूर्व अध्यक्षहरु मोहन धिमाल,वासुदेव राई र वर्तमान जिल्ला महासंघ झापा अध्यक्ष पाण्डप लाल चौधरीलाई सम्मानपत्रद्धारा सम्मान गरेको छ । महासंघमा उल्लेखीय योगदान पुरयाँएवापत उनीहरुलाई सम्मान गरिएको हो ।
दमक ७ स्थित किरात भवनमा भएको कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ झापाकी पूर्व अध्यक्षद्धय हरिदेवी राई,सुमित्रा वाङदेल चेली र महिला महासंघ दमककी पूर्व अध्यक्ष रामकुमारी तामाङलाई सम्मान गरिएको थियो । उनीहरुलाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सम्मान पत्र गरेका थिए ।

Leave a Reply

Your email address will not be published.