दमकमा आजदेखि सस्तो वजार सञ्चालनमा

दमक,२२ पुस । होलसेल ब्यवसायी संघ दमकले आजदेखि यहाँ एकसाता लामो सस्तो बजार सञ्चालनमा ल्याएको छ ।दमक ७ स्थित पशुहाटमा सञ्चालन गरिएको सस्तो वजारको वडाअध्यक्ष भीम पौडेलले रिवन काटेर उद्घाटन गरे । सस्तो वजार शुभारम्भका क्रममा वडाअध्यक्ष पौडेलले होलसेल ब्यवसायीले बर्सेनी वजारका रुपमा सेवा सञ्चालन गरेर सरल ,सुलभ मूल्यमा नै गुणस्तरिय उपभोग्य सामाग्री विक्री गर्ने कार्य राम्रो भएको चर्चा गरे ।
होलसेल ब्यवसायी संघ दमकका अध्यक्ष रामप्रसाद रिमालले सस्तो बजारमा जुत्ता,चप्पल,ब्याग,रेडिमेड कपडा,इलेक्ट्रोनिक्स र कस्मेटिक लगायतका सामाग्रीहरु सरल मूल्यमा बिक्री भईरहेको बताए ।
होलसेल ब्यवसायीहरुसंग गोदाममा मौजात रहेको सामान सस्तो मूल्यमा थोरै आय भएका ग्राहकहरुलाई सेवा दिने यस वजारको उद्धेश्य रहेको उनको भनाई छ ।
पुस २९ गतेसम्म चल्ने सस्तो बजारमा विभिन्न ४० वटा व्यवसायिक स्टल रहेकोे संघका सचिव रमेश खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.