लखनपुर साना किसान सहकारीको रक्तदान, ५१ पिन्ट संकलन

दमक,२२ पुस । झापाको कमल गाउँपालिका -६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाको दशौ बार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।
सहकारीसहित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको संयुक्त आयोजना तथा सहकारीको प्राङगणमा भएको खुला रक्तदानमा १९ महिलासहित ५० जनाले रगतदान गरेका कार्यक्रम संयोजक निर्मलादेवी अधिकारीले बताईन् ।
सहकारीसहित नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको संयुक्त आयोजना तथा सहकारीको प्राङगणमा विहिबार भएको खुला रक्तदानमा १९ महिलासहित ५१ जनाले रगतदान गरेका कार्यक्रम संयोजक निर्मलादेवी अधिकारीले बताईन् ।
रक्तदानमा सहकारीकी अध्यक्ष तिलरुपा बाँस्तोला, लेखा समिति सदस्य बिमला राई, रेडक्रस कमल उपशाखाका सचिव पारषमणि राई लगायत सहकारीका सञ्चालक समिति, कर्मचारी,रेडक्रसका पदाधिकारी ,सदस्यहरु , शेयर सदस्यहरु लगायतले रगतदान गरेका थिए । सहकारीले आफनो बार्षिकोत्सवमा रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।
रक्तदान रेडक्रस दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो भने रक्तदाताहरुलाई प्रंशसापत्र , सहकारी अंकित टिसर्ट समेत प्रदान गरिएको थियो ।
यसैगरि, आजनै दमकको आमा डेन्टलको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर सञ्चालन गरिएको प्रवन्धक टंकप्रसाद पराजुलीले बताए । बार्षिकोत्सवकै अवसरमा आजनै प्रदेशसभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरिनु साथै त्यस ठाँउलाई साना किसान चौंक समेत बोर्ड झुण्डाएर नामकरण गरिने कार्यक्रम रहेको अध्यक्ष बाँस्तोलाले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published.