लागूऔषधसहित तीन पक्राउ

झापा, २३ पुष । झापा प्रहरीले दमक र मेचीनगरबाट थप तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रवार साँझ ७.४० बजे दमक -६ बसपार्क छेउ बाटोमा इलाका प्रहरी प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ७ प ७८०५ न. को मोटरसाईकलमा सवार मोरङ रतुवामाई १ बस्ने ३० वर्षिय संजय महत्तो र सोही ठाउँ बस्ने २५ वर्षिय सुवर्ण यादवलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिवन्धित नाइट्राभेट १५० ट्याब्लेट फेला परेको थियो ।

यसैगरि, शनिवार साँझ ५ बजे लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर १० सुगम टोल बस्ने अन्दाजी २८ वर्षिय दिपक राजवंशीको घरमा शंका लागेर घर खानतलासी गर्दा कोठाभित्र रहेको काठको रयाकभित्र १ ग्राम ब्राउनसुगर फेला परेकोले उनलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । पछिल्ला साता झापा प्रहरीले जिल्लामा लागूऔषध प्रयोगकर्ता तथा कारोवारीहरुलाई धमाधम नियन्त्रणमा लिन थालेको छ ।

Leave a Reply

Your email address will not be published.