दमक,२३ पुस । दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा दुई वटा वस्तुगत संघले आफनो उम्मेदवारी तय गरेको छ ।बाणिज्य संघमा आवद्ध रेडिमेड कपडा र मोवाईल व्यवसायी संघले सदस्यमा आफना उम्मेदवार तय गरेको हो । जसअनुसार रेडिमेड कपडा व्यवसायी संघबाट सदस्य सञ्जिव वराल र मोवाईलबाट संघका अध्यक्ष भेनष श्रेष्ठलाई बस्तुगत संघतर्फको सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरेको जनाईएको छ ।
बाणिज्य संघमा ८ वटा वस्तुगत संघ आवद्ध छन् । संघको कार्यसमितिमा भने ७ वटा बस्तुगतले सदस्यमा प्रतिनिधित्व गरिआएका छन् । वाणिज्य संघको शुक्रवार सम्पन्न ३१ औ बार्षिक साधारणसभाले यहि माघ ६ गते निर्वाचनको मिति तय गरेका छन् । संघको बन्दसत्रले लिला गुरागाईको संयोजकत्वमा ५ सदस्यीय एक निर्वाचन समिति गठन गरेको वाणिज्य संघका सदस्य चन्द्र खत्रीले बताएका छन् ।२५ सदस्यीय संघको निर्वाचनमा करिव २१ सय मतदाता रहेका छन् ।