
दमक,२३ पुस । दमक सहकारी संस्था लिमीटेडको अध्यक्षमा पुन्य प्रसाद ढुंगाना चुनिएका छन् । दमक ६ स्थित नगरकै पूरानो उक्त संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट सहकारीकर्मी ढुंगानाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । निर्वाचित समितिको उपाध्यक्षमा हिमालय प्रसाद दाहाल,सचिवमा भवकृष्ण खतिवडा चुनिएका छन् ।
यसैगरि सञ्चालक समितिको सदस्यहरुमा लिला प्रसाद गुरागाईं,पदम प्रसाद घिमिरे, दिनबन्धु निरौला,हरिशंकर भट्टराई, रेनुका ओली र चैतन्य प्रसाद बराल चुनिएका छन् । यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा मोहन प्रसाद मिश्र र सदस्यद्धयमा जयराज भट्टराई र संगिता प्रसाईं (निरौला ) निर्वाचित भएका छन् ।