बिर्तामोड ,२१ पुस। आज साँझ झापाको चारपाने चोक सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गंभीर घाईते भएका छन् ।दुर्घटनामा परेर मृत्यु हुनेमा कनकाई -८ का ४४ वर्षीय तोयानाथ उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाईते बाह्रदशी -७ का सागर माझी र कनकाई -५ का ५९ वर्षीय रविरत्न सिटौलाको उपचार भइरहेको छ । झापा ट्राफिकका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको थियो । ट्राफिकका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । प्र –०२–००२ ख ०१४९ नम्बरको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।