झिलझिले, २१ पुस । नेपाली कांग्रेस निकट झापा,शिबसताक्षीका किसानहरु संगठित भएका छन् । शुक्रवार सम्पन्न नगरस्तरिय किसानहरुको भेलाले अमृतवहादुर कटुवालको अध्यक्षतामा किसान महासंघ शिबसताक्षी नगर समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षद्धयमा रामप्रसाद राई, केचुलाल राजवंशी ,सचिवद्धयमा केदार दाहाल ,सोम सेन्दाङ , सहसचिवद्धयमा दलासङ्ग साँवा लिम्बू , डिल्ली काफले र कोषाध्यक्षमा टीकाराम उप्रेती चुनिएका छन् ।
यसैगरि समितिको सदस्यहरुमा धर्म थापा, नेत्र रिमाल, टिकाराम अधिकारी, बलराम तिम्सिना, डम्बरवहादुर श्रेष्ठ, टेकनारायण ताजपुरिया, लेखबहादुर उप्रेती, मदन रिजाल र प्रल्हाद भट्टराई चुनिएका छन् ।
महासंघ झापाका सभापति रतन थिङलावो लिम्बूको प्रमुख आतिथ्यतामा भएको भेलामा कांग्रेस नगर सभापति अशोक बस्नेत, कांग्रेसका पूर्व जिल्ला सचिव भक्तिप्रसाद सिटौला, सताक्षीधाम धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिम, पर्शुराम ढुंगाना, कमलप्रसाद भण्डारी, शिबसताक्षी–६ का वार्ड अध्यक्ष मनोज खुलाल कार्की लगायतका नेताहरुको उपस्थिति थियो ।