साहित्यिक पत्रिका रचना र म्युजिक भिडियो सार्वजनिक

-अजित धिमाल

बेलबारी,२२ पुस । साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार बेलबारी नगरपालिकाको सभा हलमा एक कार्यक्रमका वीच रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गीतको म्युजिक भिडियोको बेलबारी नगर प्रमुख दिलप्रसाद राईले सार्वजनिकरण गरेका हुन् ।
त्यस अवसरमा प्रमुख अतिथि राईले बेलबारीका लागि भाषा, साहित्य र संगीतको क्षेत्रमा एउटा विशिष्ट कार्य भएको औल्याए ।बेलबारीको भाषा, साहित्य, कला, सँस्कृतिको अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि बेलबारी प्रज्ञा प्रतिष्ठानको गठन भएको बताउदै उनले बेलवारीको विकासका लागि प्रतिष्ठानले अझै धेरै काम गर्नुपर्ने बताए ।
“रचना” पत्रिकामा ४८ जना बेलबारीका सर्जकहरुद्वारा लेखिएको लेख रचनाहरु समावेश गरिएको रचना साहित्यिक पत्रिका बेलबारी विशेषाङ्क १७९ का सम्पादक ईरान राईले जानकारी दिए । विगत ६२ वर्ष देखि भाषा तथा साहित्यको प्रवद्र्धन गरिरहेको दुई महिने साहित्यिक पत्रिका “रचना” को प्रधान सम्पादक रोचक घिमिरे रहेका छन् ।
त्यस्तै बालक गुरुङको ूमोरङ जिल्ला बेलबारी नगर” बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने भिडियो गीतमा बेलबारीको समग्र बिषय वस्तुहरुलाई समेटिएको छ ।
बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विशिष्ट अतिथि रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे, वरिष्ट साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, संविधानसभा सदस्य तथा साहित्यकार मधु गुरुङ, साहित्यकार तथा अन्वेषक अनिल पौडेल विशिष्ट अतिथि रहेका थिए। त्यस्तै वरिष्ट साहित्कार ईरान राई, स्रष्टा समाज, बेलबारीका अध्यक्ष जेवी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकाली, गीतकार बालक गुरुङले समेत मन्तव्य राखेका थिए। बेलबारी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको ओैचित्यबारे उपाध्यक्ष अजितकुमार धिमाल, धन्यवाद ज्ञापन उपाध्यक्ष हिमांशु राय र सचिव कुलप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.