दमक,२१ पुस । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ स्थित लवडाँडामा एउटा मोटरसाइकलसँग दुई वटा स्कुटर ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ ,मिक्लाजुङ गाउँपालिका– ७ का ३८ वर्षीय नरेन्द्र सेलिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका– ९ का २४ वर्षीय मनोज लिम्बू घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाइकल तथा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७४८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाइकल चालक सेलिङको उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल ल्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।